मधेस प्रदेशका प्रहरी प्रमुख पोखरेल र गरुडा नगरप्रमुख जयसवालबीच भेटवार्ता

रौतहट । मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेल र गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालबीच भेटवार्ता भएको छ । विशेष कामले मधेस प्रदेशको राजधानी जनकपुरधामबाट रौतहट आएका डिआइजि पोखरेल र गरुडा नगरप्रमुख जयसवालबीच गरुडा नगरपालिकाको कार्यालयमा शिष्टाचार भेटघाट भएको हो ।
नगरप्रमुख जयसवालले डिआईजि पोखरेललाई आफनै कार्यकक्षमा स्वागत गरेका थिए । भेटघाटको क्रममा दुबैजनाबीच गरुडा नगरसहित जिल्लाको शान्तिसुरक्षा, चोरी, तस्करी, गुण्डागर्दी एवं अपराध नियन्त्रण लगाएत विषयमा छलफल भएको बताइएको छ ।


आफनै कार्यकक्षमा प्रदेश प्रहरी प्रमुख पोखरेललाई स्वागत गर्ने र भेटने अवसर पाएकोमा आफुलाई निकै खुसी लागेको मेयर जयसवालले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । भेटघाटको क्रममा मेयर जयसवालले यसै गरुडा नगरपालिकाको विर्तामा सञ्चालित प्रहरी बोर्डिङ स्कुलमा नगरपालिकाबाट हुने सबै प्रकारको सहयोग गर्न आफु सदैव तयार रहेको प्रतिबद्धता जनाएका छन् ।


साथै आगामी दिनमा डिआइजी पोखरेलको नेतृत्वमा रहेका प्रदेश प्रहरीले रौतहट लगायत मधेस प्रदेशमै थप सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखि अपराधिक गतिविधी नियन्त्रण र नीति निर्देशन अनुरुप उत्कृष्ट एवं प्रशंसनिय ढंगबाट उच्च मनोबलका साथ कार्य सम्पादन गर्नेमा आफु पूर्णरुपमा विश्वस्त रहेको मेयर जयसवालले बिश्वास व्यक्त गरेका थिए ।


भेटघाटको क्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको पनि सहभागिता रहेको थियो । अन्त्यमा मेयर जयसवालले आफ्नो जिम्मेवारीलाई बफादारिताका साथ निभाई, जनताको सुरक्षाको निम्ति तल्लिन आदरणीय ब्यक्तीत्वहरु मधेस प्रदेश प्रहरी प्रमुख डिआइजि यज्ञ बिनोद पोखरेल, शान्ति सुरक्षामा खट्नु हुने सुरक्षाकर्मीलाई गरुडा नगरपालिकामा स्वागत गर्ने अवसर प्रदान भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया