नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । सो अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरेको हो ।

रक्तदान कार्यक्रममार्फत दमकमा ३९, बिरगंजमा ३२ र जनकपुरमा ३४, बागमती नारायणघाटमा ४३, हेटौँडामा ३२, ललितपुरमा ३८, काठमाडौँमा ७०, पोखरामा ४१, बुटवलमा २५ र कोहलपुरमा ३८, महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाइफलार्ई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबैमा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया