डेभलपमेन्ट बैंकर्स एसोसिएसनको सिइओमा डंगोल

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा मन्जिला डंगोललाई नियुक्त गरिएको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास एसोसिएसनले विज्ञप्तिमार्फत लिएको छ ।

प्रतिक्रिया