यामाहाद्वारा एफजेडमा १० वर्षको वारेन्टी

काठमाडौं । यामाहाले नेपालमा सर्वप्रथम फ्युल इन्जेक्सन (एफआई) प्रविधि अंगीकार गरेको १५औँ वर्ष पूरा भएको छ । यस उपलब्धिलाई मनाउन र आफ्ना उत्पादनहरूप्रतिको विश्वास उजागर गर्नका लागि यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको छ ।

यस्तो व्यापक स्तरको वारेन्टी नेपालमा कुनै पनि दुई पांग्रे सवारी कम्पनीले पहिलोपटक प्रदान गरेको हो । फ्युल इन्जेक्स्न टेक्नोलोजीले मोटरसाइकलको दुनियाँमा क्रान्तिकारी परिवर्तन गरेको कम्पनीको भनाइ छ । यसले राइडरहरूलाई सुधारिएको इन्धन दक्षता र सहज कार्यसम्पादन प्रदान गर्दै प्रदुषणसमेत घटाएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो । हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुसी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्वित छौँ ।’

प्रतिक्रिया