राखी सावन्त जेल जाने

टोकियो । बलिउड अभिनेत्री राखी सावन्तले जेल जानुपर्ने भएको छ । त्यहाँको सर्वोच्च अदालतले अभिनेत्री सावन्तले अग्रिम जमानत दिन गरेको माग निवेदन खारेज गरेको छ । अदालतले सावन्तलाई चार हप्ताभित्र तल्लो अदालतमा आत्मसमर्पण गर्नसमेत भनेको छ । अभिनेत्री सावन्तमाथि आफ्ना पूर्वपति आदिल दुर्रानीको अश्लील भिडियो लिक गरेको आरोप लागेको छ ।

राखी सावन्तले बम्बे हाइकोर्टको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिएकी थिइन् । यसअघि बम्बे हाईकोर्टले राखी सावन्तको अग्रिम जमानतको निवेदन खारेज गरिदिएको थियो । राखीका पूर्वपति आदिल दुर्रानीले राखीविरुद्ध अश्लील भिडियो सार्वजनिक गरेको भन्दै एफआइआर दर्ता गरेका छन् । यस मामिलामा सावन्त पक्राउ पर्ने सम्भावना छ । अहिले उनीहरू दुवै अलग बस्छन् ।
सावन्तका पति आदिल दुर्रानीले उपनगरीय अम्बोली प्रहरी थानामा सूचना प्रविधि ऐनको सम्बन्धित धाराहरूअन्तर्गत मुद्दा दर्ता गराएका छन् । सावन्तले आफूलाई बदनाम गर्न धेरै अनलाइन फोरमहरूमा दुवैको व्यक्तिगत भिडियो पोस्ट गरेको दुर्रानीले आरोप लगाएका छन् ।

आफूलाई उत्पीडन गर्ने, दबाब दिने, झुटो र नक्कली मुद्दामा फसाउने उद्देश्यले आफू विरुद्ध एफआईआर दर्ता गरिएको आफ्नो पूर्व जमानत आवेदनमा सावन्तले भनेकी छन् । यो एफआइआर कानुनको प्रक्रियाको दुरुपयोग भएको र यसमा कुनै दम नभएको उनको भनाइ छ । उनले वकिलमार्फत जमानत याचिका दायर गरेकी थिइन् ।

प्रतिक्रिया