नेपाल शिक्षक महासंघ धनुषाको अध्यक्षमा यादव

धनुषा । शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ धनुषाको प्रथम जिल्ला अधिवेशन तथा घोषणासभा कार्यक्रमबाट नेपाल शिक्षक संघका सुरेशकुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । जिल्ला निर्वाचन समिति नेपाल शिक्षक महासंघ धनुषाको आयोजनामा भएको घोषणासभाले बिहीबार यादवको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पदेन सदस्य एवं प्रमुख अतिथि कुमोदकुमार सिंहले केन्द्रीय अधिवेशन नहुनका लागि विभिन्न चलखेल भइरहेकोले सचेत हुन आग्रह गरे । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष सिंहले अन्य जिल्लाहरूमा अधिवेशन गर्न जरुरी रहेकोले नेतृत्वलाई घचघचाउन ध्यानाकर्षण गराए । उनले शिक्षक महासंघ धनुषाका निर्वाचित पदाधिकारीहरूलाई बधाई दिदै कार्यसफलताको शुभमकामना व्यक्त गरे ।

उनले शिक्षक महासंघको विधानको पूर्णपालना गर्न निर्देशन दिदै आवद्ध संस्थाहरूको हक हितका लागि प्रतिवद्ध भई अगाडि बढ्न निर्देशन दिए । उनले केन्द्रको अवहेलना जिल्लाले गर्न नहुने भन्दै केन्द्रीय समितिलाई बचाउनका लागि कुनै प्रकारको चुक नगर्न सुझाव दिए । नेपाल शिक्षक महासंघ धनुषाको नव गठित कार्यसमिती खुल्ला सह–सचिवमा जय कुमार यादव, संस्थागत सह–सचिवमा श्रीप्रसाद यादव, राजु साह र सुनिल कुमार साह रहेका छन् ।

त्यस्तै सदस्यहरूमा हरिनारायण अधिकारी, रामपदारथ साह, नवेश्वर ठाकुर, श्याम यादव, दिलिप यादव, देवकुमार यादव र मनोज कुमार यादव रहेको छ । संघीय महाधिवेशन प्रतिनिधिमा मेघनाथ यादव, रामस्निेही यादव, महावीर दास, रामकुमार सिंह र रामस्नेही माझी रहेको छ । त्यसैगरी प्रदेस अधिवेशन प्रतिनिधिमा रामईश्वर यादव र आशा यादव रहेका छन् ।

नेपाल शिक्षक महासंघको केन्द्रीय सदस्य छोटेलालप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ धनुषाको वर्तमान सल्लाहकार एवं शिक्षक नेता मेघनाथ यादवले विभिन्न राजनीतिक दलका शिक्षक संगठन भन्दा महासंघ बलियो हुनुपर्ने भन्दै यस्तो विषम परिस्थितीमा महासंघलाई बलियो बनाएर लडनुको विकल्प नरहेको बताए । उनले शिक्षा मन्त्री कुनै एक विद्यालयको बिज्ञापन गर्न थालेको दृश्यले आफुहरू चकित भएको पनि बताए ।
सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका अध्यक्ष महावीर दास, नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्नेही यादव, नेपाल शिक्षक युनियन राष्ट्रिय समितिका पुर्व महासचिव चुन्नीशरण यादव, शिक्षक नेता जगदिश राय लगायतका व्यक्तिले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया