काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफू इमानको एउटा सम्पत्ति बोकेर हिँडिरहेको बताएका छन् । इलाम २ का उम्मेदवार मिलन लिम्बूलाई भोट माग्दै माङसेबुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बैमानहरुको बीचमा इमान्दारिताको प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक नभएको बताए ।
उनले भने, ‘आज हामीले देशभरको सरकारी जमिन हडपेर गैरकानूनी रूपमा धन्दा गरेका ठाउँलाई सबै ठाउँमा शिल गर्नको लागि हामीले परिपत्र जारी गरेका छौँ, तर, भोलिपल्ट समाचारमा के आउँछ मलाई थाहा छैन, सानो माछा होस्, ठूलो माछा होस् पक्रिन सकिन्छ, वर्षौँको धुलो टकटक्याउन समय लाग्छ, तर, हामीलाई त्यति समय लाग्दैन जति तपाईंहरुल सोच्नुभएको छ । हामीलाई सरकारमा किन गएका छौँ भन्ने स्पष्ट थाहा छ, अर्बौँ खर्बौँको भ्रष्टाचारको फाइललाई एकातिर लुकाएर यी नयाँ पनि त्यस्तै हुन् भन्ने कुरा तपाईंहरुलाई बुझाएर भन्न खोजिएको छ, त्यसैले आजको जनता सचेत छन्, विवेक पुर्याउँछौँ ।’
उनले आफ्नो पार्टीका सांसद सरकारमा गएपछि महत्त्वपूर्ण कदम चालिरहेको बताए । उनले इलामको विकासको मुद्दा बोकेर हिँडेका आफ्ना पार्टीका उम्मेदवार मिल लिम्बूलाई जिताउन आग्रह गरे ।
प्रतिक्रिया