बोल्टको आधिकारिक वितरकमा जगदम्बा

काठमाडौं । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । अब नेपाली उपभोक्ताहरूको स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध हुने कम्पनीले जनाउको छ । बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन्, भने टिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७०रएक्स ४५ मोडलहरु उपलब्ध रहेका छन् ।

प्रतिक्रिया