एकीकृत समाजवादीका सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । सोडारीले नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

त्यसपछि उनलाई बिहीबार प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको दोस्रो पटकको म्याद आज सकिइसकेको छ ।

प्रदेश प्रमुख मियाँले सरकार गठनका लागि दोस्रो पटक दाबी पेशका लागि दिएको समय आज साँझ ५ बजे सकिएको हो । नवनियुक्त मुख्यमन्त्री सोडारीले आजै शपथ लिने तयारी भइरहेको बताइएको छ ।

याे पनि : सुदूरपश्चिमको मुख्यमन्त्रीमा समाजवादीका सोडारीकाे दाबी पेश, एमालेको पनि समर्थन

प्रतिक्रिया