सलहेश फूलबारीमा बल्ल फुल्यो सुनाखरी

लहान । सधैँ नयाँ वर्षका दिन सिरहाको लहानमा फुल्ने सलहेश(सुनाखरी) फूल मंगलबार फुलेको छ । प्रत्येक वर्ष सलहेश फूलबारीमा सुनाखरी वैशाख १ गते फुल्दै आए पनि यसवर्ष वैशाख १ गते नफूलेर ढिला गरी मंगलबार फूलेको हो ।

लहान नगरपालिकाका–१२ र २२ मा पर्ने सलहेश फुलबारीमा वैशाख १ गते ठूलो मेला लाग्ने गर्छ । मेला भर्न आउने नेपाल र भारतका असंख्य धार्मिक पर्यटकको प्रमुख आकर्षण सुनाखरीको फूल रहँदै आएको छ ।

डिभिजन वन कार्यालय सिरहाका प्रमुख डिभिजन वन अधिकृत सुजितकुमार झाका अनुसार चाइना रेल्वे कम्पनीले सडक विस्तार गर्दै जाँदा उड्ने धुलोका कारण कोपिला ढिलोगरी परिपक्व हुनु, जलवायु परिवर्तनको प्रभाव, जंगलभित्र सिमसार क्षेत्र घट्दै जानु, सहरीकरणले चराचुरुंगी घट्दै जाँदा परागसेचनमा ढिलाइ हुनु, जंगल वरपरका खेती प्रणाली परिवर्तित हुनु र जताततै आगलागीका कारण वातावरण प्रदूषित हुनुले सुनाखरी ढिलोगरी फुलेको बताए ।

प्रतिक्रिया