मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

Oplus_131072

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले पालिका र वडाहरूबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पु¥याउने उद्देश्यले एकीकृत घुम्ती सेवा प्रारम्भ गरेको छ । यसैबीच सो सेवा वडा–५ को गोबरौरामा एक कार्यक्रमबीच मटिहानी नगरपालिका प्रमुख मेयर हरिप्रसाद मण्डलले संयुक्त रूपमा उद्घाटन गरे ।

त्यसैगरी मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले वडा र पालिकाको सेवा एकीकृत रूपमा जनतासामु पु¥याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।
३ वैशाखदेखि प्रारम्भ भएको सो सेवा पालिकाका नौ वटै वडाहरूमा सञ्चालन गरिने पालिकाले जनाएको छ । घुम्ती शिविरमा योजनासम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपांगता परिचयपत्रका लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मिटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षीसम्बन्धी परामर्श तथा औषधि वितरण, राजस्व असुली, गरिब परिचयपत्र वितरण, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरू प्रदान गरिनेछ ।

वडा–५ का वडा अध्यक्ष मिश्री नायकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिकाका उपप्रमुख मंजुदेवी साह, वडा–१, ६, ७ र ८ का वडा अध्यक्षहरू क्रमशः शिवशंकर कुमार राय, कलिम अंसारी, जितनारायन माझी, रितेश साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना अधिकृत राजेश शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह लगायतका स्थानीयको उपस्थिति रहेका थियो ।

प्रतिक्रिया