जानकी मन्दिर परिसरमा अवाञ्छित क्रियाकलाप गर्नेलाई कारबाही गरिने

जनकपुरधाम । जानकी मन्दिर परिसरमा अवाञ्छित क्रियाकलाप गर्नेलाई कडा कारबाही गरिने निर्णय गरिएको छ । जानकी मन्दिरमा बसेको सर्वपक्षिय बैठकबाट जानकी मन्दिर परिसर वा त्यस वरपर अवाञ्छित क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरिने निर्णय गरिएको हो ।

जानकी मन्दिर प्रांगणमा भगवान् रामको प्रतिमा बनाएर रामनवमी पर्व मनाउने जानकी सेनाको प्रयासलाई मन्दिर प्रशासनले विफल बनाएपछि आइतबार युवाहरूले जानकी मन्दिरअगाडी टायर बालेर विरोध प्रदर्शन गरेका थिए । त्यस लगत्तै जानकी मन्दिरमा सन्त महन्थ, नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न युवा क्लबका प्रतिनिधि लगायतको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकबाट जानकी मन्दिरसँग सम्बन्धित बाहेकका कुनै क्रियाकलाप गरेमा कडा कारबाही गर्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

यसअघि हिन्दूहरूको आस्थाको केन्द्रको रूपमा रहेको जानकी मन्दिरमा विभिन्न कार्यक्रमहरूको आयोजना हन थालेपछि त्यस्ता कार्यक्रमहरूलाई रोक लगाउने निर्णय गरिएको थियो ।

प्रतिक्रिया