मन्त्री साहले दुव्यवहार गरेको गोइतको आरोप

जनकपुरधाम । नेपाल एथलेटिक्स संघ मधेसका संयोजक दिपेन्द्र कुमार गोइतले आफूसँग मधेसका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

३० चैतदेखि २ वैशाखसम्म जनकपुरधाममा आयोजना गरिएको एथलेटिक्स प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री साहले आफूसंग दुव्र्यवहार गरेको आरोप लगाएका हुन् ।

गोइतले एक पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री साहले बिनाकारण आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने ‘एथलेटिक्स प्रतियोगिताको समापन समारोह चलिरहेको थियो, समापन समारोहको प्रमुखअतिथि मन्त्रीजी नै हुनुहुन्थ्यो उहाँलाई नमस्कार गर्ने बित्तिकै मलाई त किन यहाँ आइस्, यहाँबाट गइहाल नभए जुत्ता निकालेर पिट्छु भनेर धम्काउनुभयो ।’

गोइतले खेल र खेल भावनाको विषयमा थोरै पनि जानकारी नरहेको यस्ता मन्त्री राख्नुको कुनै औचित्य नरहेको बताए । यता मन्त्री साहले आफूले कुनै किसिमको दुव्र्यवहार नगरेको बताएकी छन् । प्रतियोगितामा खलल पुर्याउने गरी क्रियाकलाप गरेकाले नै आफूले यहाँ किन आएको मात्रै भनेको उनले बताइन् ।

प्रतिक्रिया