मन्त्री जोशी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टचार भेटवार्ता भएको छ । राजदूत सोङ मंगलबार मन्त्रालय पुगेर मन्त्री जोशीसँग झण्डै एक घण्टा छलफल गरेका हुन् ।

उनीहरुबीच द्विपक्षीय हित र समसामयिक विषयवस्तुमा छलफल भएको मन्त्री जोशीको सचिवालयले जनाएको छ । मन्त्री जोशीले भने, ‘दुवै देशबीच मिल्दोजुल्दो संस्कृति, ईतिहास र भुगोलका कारणले पनि सम्बन्ध बलियो रहिआएको छ ।’

भेटका क्रममा मन्त्री जोशीले चीन र नेपालबीच ऐतिहासिक दैत्य सम्बन्ध रहेको र नेपाल–चीनबीचको दैत्य सम्बन्धलाई शन्तिपूर्ण सहअस्तित्व को पञशील बिद्धान्त, सदीयौँ र आपसी सहयोग तथा समझदारी रहेको बताएका थिए । बझाङको साइपाल, दार्चुलाको तिंकर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न पनि मन्त्री जोशीले आग्रह गरेका छन् ।

उक्त भेटमा चिनियाँ राजदूतले मन्त्री जोशीलाई बधाई, तथा नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएका छन् । राजदूत सोङले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिए ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ छ । निश्चित विषय र मुद्दामा थप छलफल र सल्लाह गर्न आवश्यकता अनुसार भेटवार्ता गरिरहने प्रतिबद्धता व्यक्त गर्दै उक्त भेटघाट सम्पन्न भएको मन्त्री जोशीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया