‘तिम्रो मेरो दिलको बास’मा शिल्पा र अनुप (भिडियो)

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रमोद खरेल स्वर रहेको गीत ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको शब्द तथा सङ्गीत रहेको गीतमा कमल सौरागको सङ्गीत संयोजन छ ।

माया प्रेम र कल्पनालाई प्राथमिकता दिएर शब्द लेखिएको गीतको भिडियोमा शिल्पा पोखरेल र अनुपजंग थापाको अभिनय छ । गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् मीन रावलको सम्पादन रहेको भिडियोमा मुकेश हुमागाईँको छायाङ्कन छ ।

प्रतिक्रिया