रौतहट प्रहरीले एक हप्तामा २४ लाख भन्दा बढीको समान भन्सारमा बुझायाे

रौतहट । रौतहट प्रहरीले एक हप्तामा २४ लाख भन्दा बढी मुल्य बरावारको भन्सार छलीका समानहरू नियन्त्रणमा लिएर भन्सार दाखिला गरेका छन् । रौतहटको बिभिन्न नाका बाट ल्याउदै गरेको अवस्थामा भन्सार छली चोरी निकासी पैठारी नियन्त्रण गर्ने क्रममा प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको खाद्यान्न सामाग्री, पशु, किराना लगायत समान कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक एलिजा गिरिले जारी गरेको प्रेस बिज्ञप्तीमा चैत्र २५ गते देखी बैशाख ३ गते सम्म बारामद गरिएको २४ लाख ४५ हजार ५ सय ५६ रुपैया बरावारको समान आवश्यक कार्यवाहीको लागि भन्सार दाखिला गरिएको उल्लेख रहेको छ ।

बिज्ञप्तीमा २ लाख २ हजार ६७ रुपैया मुल्य बरावारको लत्ता कपडा,४ लाख ६८ हजार २८९ रुपैया मुल्य बरावारको किराना समान तथा खाध्यान्न, ३२ हजार ५ सय मुल्य बरावारको पशु पंक्षी,७८ हजार मुल्य बरावारको काठ र १६ लाख ६४ हजार ७०० स्रोत नखुलेको रकम कार्यवाहीको लागि भन्सार कार्यालय बुझाइएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया