काठ अनियमिताको आरोप लागेका असई यादव जिल्ला तानिए

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ८ मा रहेको प्रहरी चौकी सन्तपुरमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षकलाइ जिल्ला तानिएको छ । प्रहरी चौकी कार्यालय परिसरमा रहेको बिक्री गरेको आरोप लागेपछि कार्यरत रहेका प्रहरी सहायक निरीक्षक दीनानाथ प्रसाद यादवलाई अनुसन्धानको लागि प्रहरी चौकीको जिम्मेवारी खोसिदै जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो ।

असई यादव माथि साझा संस्था लिमिटेडको भत्काइएको पुरानो भवनको काठ हिनामिन्हा गरेको स्थानीय द्वारा आरोप लगाइएको छ । कार्यालय परिसरमा राखिएको काठको फर्नीचर बनाएर असई यादवले घर लागेको तथा सर्वसाधारणलाइ विभिन्न बहाना बनाएर दुःख दिने गरेकोले जिम्मेवारीबाट मुक्त हुने गरी कार्यवाही गर्नु पर्ने माग राख्दै स्थानीयहरुले कार्यालय घेराउ गरेपछि छानविनको लागि प्रहरी सहायक निरीक्षक यादवलाइ जिल्ला बोलाएर अनुसन्धान शुरू गरिएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जनाएको छ ।

प्रहरी चौकीमा पुगेका चन्द्रपुर नगरपालिकाका पूर्व नगर प्रमुख रामचन्द्र चौधरीले कार्यालय परिसरमा राखेको काठको फर्नीचर बनाएर लागेको र जनतालाइ अनावश्यक रुपमा दुःख दिने गरेकोले कार्यवाही हुनु पर्ने मांग गरेका छन् । उनले जनतालाइ जानी जानी धम्क्याउने र रकम लिने गरेकोले कानूनी कार्यवाही हुनु पर्ने बताए ।

यादवले व्यापारीहरुलाई धम्क्याएर रकम असूलने गरेको स्थानीयहरुको आरोप रहेको छ । साझा सहकारी संस्था लिमिटेडको भवनमा अस्थायी रुपमा रहदै आएका प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक यादवले संस्थाको काठबाट फर्नीचर बनाएर लैजान तयारी गरेको बेला स्थानीयले रोकेपछि घटना सार्वजानिक भएको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ८ का वडाध्यक्ष जीतेन्द्र चौधरीले बताएका छन् ।

काठबाट फर्नीचर बनाएर घर लागेको आरोप निराधार रहेको असई यादवले दावी गरेका छन् । काठ खरीद गरेर फर्नीचर बनाएर लागेको भन्दै यादवले साझा सहकारी संस्थाको काठ अनियमिता गरेको कुरोमा कुनै सत्यता नरहेको बताए । प्रहरी चौकीमा आफ्नो दायित्व इमान्दारिता पूर्वक निर्वाह गरिरहँदा सडयन्त्रपूर्वक फसाउने कार्य गरिएको यादवले बताए ।

प्रतिक्रिया