स्वास्थ्य केन्द्रमा सामग्री अभाव

Oplus_0

पर्सा । पर्साको धोबिनी गाउँपालिका–४ लंगडी स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा रहेको ल्याबमा रगत चेकजाँच गर्ने केमिकल नभएका कारण जचाउन गएका बिरामी रित्तै हात फर्कन बाध्य भएका छन् । मधेस सरकारबाट आएको ६० लाख बराबरको जनस्वास्थ्य प्रयोगशालामा लाग्ने उपकरण र ल्याब टेक्नसियन रहे पनि समयमा धोबिनी गाउँपालिकाले सिबिसी रगत चेकजाँच गर्ने केमिकल नपठाएको कारण अहिले चेकजाँच गराउन आउने बिरामीले केमिकल नभएको कारण रित्तो हात फर्कन बाध्य भएका छन् । लंगडी स्वास्थ्य चौकीमा स्थापना भएको धोबिनी जनस्वास्थ्य प्रयोगशालामा नामका ५४ वटा चेकजाँच रहे पनी काम भने शून्य छ ।

धोबिनी जनस्वास्थ्य प्रयोगशालामा सिबिसी रगत चेकजाँच गराउन आएकी धोबिनी गाउँपालिका–२ कि गीता रामले जनस्वास्थ्य प्रयोगशालामा चेकजाँच नभएकोले रित्तो हात फर्किएको बताइन् । रगत जचाउन आएकी उनले चेक गर्ने केमिकल नरहेकोले लंगडी जनस्वास्थ्य प्रयोगशाला पठाएको गुनासो गरिन् । स्वास्थ्यचौकीमा रहेको समस्याका सम्बन्धमा ल्याबका टेक्निसियन भुलेन्द्र यादवले भने, केमिकल सकिएको छ, त्यसैले जँचाउन पाइएन । गाउँपालिकामा केमिकल माग गरेको र छिट्टै आउने उनले बताए ।

जनस्वास्थ्य प्रयोगशालामा प्रत्येक दिन १२ देखि १५ जना बिरामी आउने गरेका छन् । बल्डसुगर, गुलकोजलगायत रगत चेकजाँच गराउन यहाँ उठेको रकम गाउँपालिकामा जान्छ । सकिएको केमिकल गाउँपालिकाले खरिद गरेर दिने जनाएको छ । अहिले भने केमिकल नभएको कारण ल्याब बन्द रहेको छ । यस्तै ल्याबमा केमिकल अभाव भएको सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरका प्रमुख सन्तोष साहसँग बुझ्दा स्वास्थ्य केन्द्रको ल्याबमा केमिकल सकिएको होला, तर अहिले म बाहिर रहेको छु । उनले जिम्मेवारीपूर्वक जवाफ दिन सकेनन् ।

प्रतिक्रिया