लसएन्जल्स । मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ । अमेरिकाको लसएन्जल्समा आयोजित १८ओैं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको समारोहमा बस्नेतलाई गैरनाफामुखी संस्थाको रूपमा इन्टरनेशनल रूपमा काम गरिरहेका युथस युनेस्काे क्लब युएसएलगायतका आधा दर्जन भन्दाबढी संस्थाहरूले संयुक्त रूपमा २०२४-२५ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरेका हुन् ।
‘सञ्चारकर्मी बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रियस्तरमा यो अवार्ड दिइएकाे अमेरिकी यूनिभर्सिटी सोभर नेशन युएसएका प्रेसिडेन्ट प्रो.डा ड्यालरले बताए । उनले भने,’आगामी दिनमा उनी अझैँ युवा र शान्तिका लागि योगदान गर्नेछन ।’
सन् २०११ बाट बिभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक बर्ष यो अवार्ड प्रदान गरिन्छ । हालसम्म ६५ देशका
व्यक्तिले यो अवार्ड पाईसकेका छन् । ‘यो अवार्डसंगै अब उहाँहरूले अन्तराष्ट्रिय फोरमहरू पाउनुहुनेछ’ युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले भने ‘संसारभरबाट बिभिन्न बिधामा रही युवा र शान्तिका लागि योगदान पुर्याउने सयौबाट उहाँलाई यसका लागि योग्य ठहराई एम्बेसडर प्रदान गरेका हौं ।’
विगत १७ बर्षदेखि सञ्चारकर्ममा आवद्ध बस्नेत हाल कान्तिपुर मिडिया ग्रुपको बिक्रीबितरण, प्रेस तथा रिजनल विभागको प्रमुखको रूपमा कार्यरत छन् ।
प्रतिक्रिया