नयाँ वर्ष मनाउन पर्यटकीय क्षेत्र खोज्दै

कालीकोट । कालीकोटका नागरिकको बानी फेरिएको पाईएको छ । चाडवाडमा प्राय मिठा परिकार बनाएर खाने, घरमै बसेर रमाउने चलन बिस्तारै फेरिएको पाईएको छ । पछिल्लो समय नयाँ वर्ष होस या तिज, बडादसैँमा मिठा परिकार खानुका साथै पर्यटकीय क्षेत्रको खोजि पनि गर्न थालेका छन् । कतिपय जिल्ला वाहिरका पर्यटकीय क्षेत्रको अवलोकनमा निस्किने गर्दछन भने जिल्लामै भएकाहरु पायक पर्ने क्षेत्रमा गएर रमाउने गरेका छन् । आज नयाँ वर्ष मनाउन सदरमुकाम मान्मका व्यापारी, कर्मचारी र घर धनीहरु पर्यटकीय क्षेत्र कोटदरवार, ठुल ढुङगा क्षेत्रमा भरिभराउ भएका छन् । यी पर्यटकीय क्षेत्रमा प्राय महिला, किसोरकिशोरी, बालबालिकाको भिड लागेको छ ।

बाईसे चौबिसे राज्य हुदा कालीकोटको कोटदरवारमा पनि कोटे राजाको बासस्थान भएको पाइन्छ । यहाँ प्रया स साना चाँडमा सदरमुकामबासी जमघट हुने गरेका छन् । उता रास्कोट नगरपालिकाको देउरा पाटनमा पनि नयाँ बर्षदेखि बिभिन्न चार्डपर्वमा आन्तरिक पर्यटक जाने गरेका छन् । यसवर्ष पनि नयाँ वर्षका दिनमा पनि देउरा पाटनमा नागरिकको भिड लागेको छ । कालीकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सूर्यवहादुर शाहीले आन्तरिक पर्यटन बिकासका लागि कोटदरवारदेखि देउरा पाटन क्षेत्र उपयुक्त भएको बताए । उनले पछिल्लो समय जिल्लाका नागरिक मात्र होइन रारा जाने पर्यटक समेत आउने गरेको बताए ।

प्रदेश सरकारले सामान्य पुर्वाधार निमार्ण गरेको छ । अझै यस क्षेत्रमा केही पुराना स्तम्भहरु तयार हुने हो भने आन्तरिकसँगै वाह्य पर्यटकको रोजाइ बन्ने शाहीको बिश्वास छ । नयाँ वर्षमा भने यो क्षेत्र सबैको रोजाई बन्ने गरेको छ । चार्डवार्ड नभएपनि सरकारी बिदाका दिनमा कर्मचारीको समय खर्च गर्ने र कामको बोज कम गराउने स्थल कोटदरवार क्षेत्र बनेको छ । खाँडाचक्र ४ का डिल्लीप्रसाद आचार्यले नजिकको तिर्थ हेला भने जस्तै सुरुमा खासै आइन्न थियो, दुई तिन वर्ष यता कोटदरवार क्षेत्रको महत्व वढिरहेको बताए ।

खर्च पनि नहुने, घर छोड्न पनि नपर्ने भएकाले प्राय गृहणीहरुको मनोरञ्जन क्षेत्र बन्ने गरेको छ । मान्ममा व्यापार गदै आएकी मथुरा बिष्टले एक दिनको बिदा होस या चार्डवार्डको समयमा प्राया व्यापारी, गृहणीको रोजाई बन्ने गरेको बताइन् । नयाँ बर्षमा झण्डै एक हजारको हाराहारीमा आउजाउ भएको बिष्टको अनुमान छ । सो क्षेत्रमा जाने तस्वीर खिच्ने, घरवाट बनाएर लगेका खाने कुरा खाने र घर फर्किने गर्दछन । पछिल्लो समय स साना पर्यटन क्षेत्रमा घुम्नेहरुको भिड नै लाग्ने गरेको छ ।

प्रतिक्रिया