धोबिनी गाउँपालिकाद्वारा अग्निपीडितलाई राहत

पर्सा । धोबिनी गाउँपालिका–३ ठूलो गुलरियाका अग्निपीडित परिवारलाई अति आवश्यकीय राहत सामग्री प्रदान गरिएको छ । घर आगलागीका भएका कारण पीडित भएका परिवारलाई गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले राहत समाग्री वितरण गरेका छन् ।

अग्निपीडित गुलरियाका राजिन्द्र राउत कुर्मी, फरिन्द्र राउत कुर्मी, रविन्द्र पटेल र मनिफ मियाँको घरमा आगलागी भएको थियो । गाउँपालिकाका अध्यक्षले उनीहरूलाई बसेकै स्थानमा गएर आवश्यक राहत सामग्री वितरण गरिएका छन् ।

सोमबार राती करिब १२ बजेतिर आगलागी हुँदा घरमा रहेका नगद गरगहना, लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । घरविहीन भएका अग्निपीडितलाई राहत सामग्री वितरण गरिएको धोबिनी गाउँपालिका अध्यक्ष चौहानले बताए ।

आगलागीबाट घरसहित सम्पूर्ण समान जलेर नष्ट भएपछि उनीहरू खान, लाउन र बस्ने ठाउँको समस्यामा भएकाले राहत वितरण गरिएकोे धोबिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले बताए ।

प्रतिक्रिया