धोबिनीका आगलागी पीडितहरुलाई रेडक्रस सोसाइटी पर्साले दियो राहत

पर्सा । पर्साको धोबिनी गाउँपालिका– ३ ठूलो गुलरियाका चार घरका अग्नी पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले राहत सामग्री वितरण गरेको छ । अग्नी पीडित गुलरिया गाउँ निवासी राजिन्द्र राउत कुर्मी, फरिन्द्र राउत कुर्मी, रविन्द्र पटेल र मनिफ मियाँको घरमा सोमबार आगलागी भएपछि मंगलबार रेडक्रसले राहत वितरण गरेको हो ।

आगलागी पीडित परिवारहरुलाई अति आवश्यक राहत सामग्री वितरण गरिएको रेडक्रसले जनाएको छ । सोमबार राति करिब १२ बजेतिर आगलागी हुँदा नगद, गरगहना, घरमा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो ।

यस घटनाबाट पीडित भएकालार्ई राहत सामग्री नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेश कमिटी सहकोषाध्यक्ष सलाउदिन अहमद, धोबिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह, वडाध्यक्ष राजकिशोर प्रसाद कुर्मी र जिन्सी प्रमुख प्रदिप पटेलको टोलीले मंगलबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरेको हो ।

आगलागी पीडित परिवारलाई तत्कालको लागि त्रिपाल, सिरक, डसना, चामल, दाल, तेललगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको रेडक्रस सोसाइटी मधेस प्रदेश कमिटी सहकोषाध्यक्ष अहमदले जानकारी दिए ।

प्रतिक्रिया