सिरहा । सिरहाको सुखिपुर नगरपालिका स्थापना दिवसको अवसरमा स्वतन्त्र युवा संगठन सुखिपुरले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सो संगठनले बुधबार प्रथम चरणमा स्वास्थ्य शिविर, दोस्रो चरणमा नगरस्तरीय स्लो मोटरसाइकल रेस, तेस्रो चरणमा सम्मान कार्यक्रम र चौथो चरणमा मिथिला सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएको छ ।
स्वतन्त्र युवा संगठनका संयोजक गुमस्ता कुमार यादवले नगरका सम्पूर्ण जनता जनार्दन, बुद्धिजीवी, समाजसेवी, न्यायकर्ता, इस्टमित्रहरुलाई उक्त कार्यक्रमहरुमा सहभागी भइदिनको लागि आग्रह गरेका छ्न् ।
प्रतिक्रिया