धोबिनी गाउँपालिका– ३ मा आगलागी हुँदा ३० लाख बराबरको क्षति

पोखरिया । पर्साको धोबिनी गाउँपालिका–३ गुलरियामा गए राति आगलागी भएको छ । उक्त आगलागीमा स्थानीय गुलरिया निवासी राजेन्द्र पटेल, फरिन्द्र पटेल, हनिफ मियाँ, मनिफ मियाँ, रबिन्द्र पटेलको गरी करीब ३० लाख बराबरको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् ।

आगालागी हुँदा गरगहाना, लत्ताकपडा, फर्निचर, अन्नपात, साइकल, भाडाकुँडा, बाख्रालगायत चौपाया र नगदसहित जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गए राति १२ बजे विद्युतको तार सर्ट भएर लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी र पोखरिया र वीरगञ्जजबाट गएको बारुण यन्त्रको सहयोगमा निभाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

प्रतिक्रिया