लोहारपट्टीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनुषा । महेत्तरीको लोहारपट्टी नगरपालिकाको आयोजना तथा जनकपुरधामको चन्द्रकला हास्पिटल एण्ड रिसर्च प्रालिको सहयोगमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको थियो ।

अस्पतालसम्म पहुँच नपुगेका बिरामीमा स्वास्थ्य उपचार सेवाका लागि चन्द्रकला हास्पिटल एण्ड रिसर्चका चिकित्सकबाट स्वास्थ्य परीक्षण गरिएको छ । एक दर्जन चिकित्सकको सहभागितामा सञ्चालित शिविरबाट बिभिन्न वडाका पाँच सयभन्दा बढि बिरामीले सेवा लिएका छन् ।
शिविरबाट विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराएको छ । जेनरल फिजिसियन, मुटु रोग, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी, नाक तथा कान रोग लगायत सेवाबाट विभिन्न वडाका जनता लाभान्वित भएका छन् ।

पालिकाको उप प्रमुख सरिता शर्माको प्रमुख अतिथ्य र प्रमुख प्रसासकिय अधिकृत बदरुल अन्सारी बिशिष्ट अतिथ्यमा उक्त कार्यक्रम भएको थियो ।

शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधि वितरण गरिएको थियो । शिविरको उद्घाटन कार्यक्रममा बिभिन्न पार्टिका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया