लोहारपट्टीमा निःशुल्क स्वास्थ्य शिविर सुरु, ५०० सयभन्दा बढीले लिए सेवा

महोत्तरी । महेत्तरीको लोहारपट्टी नगरपालिकाको आयोजनामा तथा जनकपुरधामको चन्द्रकला हास्पिटल एण्ड रिसर्च प्रालिको सहयोगमा निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिएको थियो ।

अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि चन्द्रकला हास्पिटल एण्ड रिसर्चका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको लोहारपट्टी नगरपालिकाले जनाएको छ । सो शिविरमा एक दर्जन चिकित्सकहरुको सहभागितामा सञ्चालित शिविरबाट विभिन्न वडाका ५०० सयभन्दा बढी बिरामीहरुले सेवा लिएका छन् ।

शिविरबाट विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराइएको छ । जेनरल फिजिसियन, मुटु रोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, नाक–कान रोगलगायत विभिन्न सेवाहरुबाट विभिन्न वडाका वडाबासीहरु लाभान्वित भएका छन् ।

पालिकाका उपप्रमुख सरिता शर्माको प्रमुख अतिथ्य र विशिष्ट अतिथ्यमा प्रमुख प्रसाशकिय अधिकृत बदरुल अन्सारी रहेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधि पनि वितरण गरिएको थियो ।

निःशुल्क स्वास्थ्य शिविर उद्घाघाटन कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया