महोत्तरीको गौशालामा श्री महाविर झण्डा मेला सुरु

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका– ११ स्थित ईमली बजारमा श्री १०८ श्री महाविर झण्डा मेला सुरु भएको छ । शनिबार साँझ ईमली बजारमा श्री श्री १०८ श्री महाविर झण्डा खडा गरी उक्त मेला सुरु भएको हो ।

खडा गरिएको १०५ फिट झण्डा मेलामा विधिवतरुपमा पूजाअर्चना गरिएको मेला समितिका अध्यक्ष रुदल महतोले जनकारी दिए । सो मेला शनिबार चैत २४ गतेबाट सुरु भएको झण्डा मेला चैत २८ गतेसम्म रहने महतोले बताए ।

उक्त मेलामा नाचपाटी, पहलवानी (कुस्ती), मिथिलाको लोक नृत्य झरी–झरी तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै झण्डा मेलाको उत्सव मनाइने बताइएको छ ।

मेलामा प्रमुख अतिथिको रुपमा गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो, विशिष्ट अतिथिमा वडा नम्बर ११ का वडाध्यक्ष रामपृत महतो, अतिथिमा श्री जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योग नारायण महतो लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, व्यापारीलगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया