उपनिर्वाचनको लागि बझाङमा माओवादीका बुढाले गराए उम्मेदवारी दर्ता

बझाङ । आगामी वैशाख १५ गते हुने बझाङ निर्वाचन क्षेत्र (१) मा प्रदेशसभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो ४ बजे नारा जुलससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

त्यसैगरी बझाङ जिल्लामा राष्ट्रिय मातृभूमि पार्टीका विनोद थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्र शाही, नेशनल रिपव्लिक पार्टीका कमल घर्तीमगर, नेकपा एकीकृत पार्टी समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, नेपाली कांग्रेसका अभिषेक सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, नेकपा एमालेवाट दमन भण्डारी,सँघिय लोकतान्त्रीकराष्ट्रिय मञ्चका दिपक बहादुर खड्का र जनमत पार्टीबाट शुशिला देवी बिष्टले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछाने बताए ।

प्रतिक्रिया