बौद्धको खोल ओढेर रातदिन हिन्दूलाई सराप्दै

बौद्धको खोल ओढेर रातदिन हिन्दूलाई सराप्दै यो दुनियाँमा सबैभन्दा बढी खतरा हिन्दू मात्रै हो भन्ने पाराले सामाजिक संजालमा विभिन्न लेख, अन्तर्वार्ता, अडियो भिडियो छ्यापछ्याप्ती पाउने गर्छौं । ती सबै नियोजित रूपमा नेपालमा इसाइहरूले बौद्ध सेक्टरमा गरेको लगानीको एउटा हिस्साको रूप नै हुन् भन्दा धेरै फरक पर्दैन । यी बौद्ध धर्मको खोल ओढेर हिन्दूलाई छिःछिः, दुर्दुर् गर्नेहरूको एउटै ध्येय हो, यो तीव्र गतिमा भइरहेकोे इसाइकरणको विरुद्धमा हिन्दू बौद्ध एक ठाउँमा उभिने वातावरण नबनोस् ।

मोहन लामा रुम्बा

बिश्वको सबैभन्दा तीव्र गतिमा इसाइकरण भइरहेको देश नेपाल हो । सबैभन्दा बढी इसाइकरणको मारमा परेको बौद्ध धर्म हो भन्ने सर्वविदितै छ । एक हजार वर्षसम्म हिन्दूराज्य र हिन्दू राजाको देशमा सुरक्षित रूपमा रहेकोे बौद्ध धर्मावलम्बीको गाउँगाउँ अहिले यस्तै हो, यस्तै हो भन्नेको लहर चलिरहेको छ । हिन्दू र बौद्धलाई आमुन्नेसामुन्ने लडाइँ र भित्रभित्र इसाइकरणलाई निरन्तरता दिन यहाँ हिन्दूकरणको भास्य खडा गरेर हिन्दू धर्म र बाहुनलाई सराप्न एउटा जत्था खडा गरियो । ताकि बौद्ध समुदायको ध्यानाकर्षण तीव्र इसाइकरणतर्फ नजाओस् ।

त्यसैले बौद्धको खोल ओढेर रातदिन हिन्दूलाई सराप्दै यो दुनियाँमा सबैभन्दा बढी खतरा हिन्दू मात्रै हो भन्ने पाराले सामाजिक संजालमा विभिन्न लेख, अन्तर्वार्ता, अडियो भिडियो छ्यापछ्याप्ती पाउने गर्छौं । ती सबै नियोजित रूपमा नेपालमा इसाईहरूले बौद्ध सेक्टरमा गरेको लगानीको एउटा हिस्साको रूप नै हुन्भन्दा धेरै फरक पर्दैन । यी बौद्ध धर्मको खोल ओढेर हिन्दूलाई छिःछिः, दुर्दुर् गर्नेहरूको एउटै ध्येय हो, यो तीव्र गतिमा भइरहेकोे इसाइकरणको विरुद्धमा हिन्दू बौद्ध एक ठाउँमा उभिने वातावरण नबनोस् ।

जबसम्म हिन्दू र बौद्ध एक ठाउँमा उभिएर इसाईकरणको विरुद्धमा संगठित आवाज उठ्दैन त्यतिबेलासम्म यस्तै हो । अप्रिल फुल भन्दै मुर्ख दिवस मनाउन दौडिने झुन्डहरू बरु युरोप अमेरिकातिर छैनन् होला तर यहाँ बडो चासो मान्दै दौडिने भुइँफुट्टे लाउरेहरूको बिगबिगी थामी नसक्नु बढ्दै छ । हाम्रो सनातन धर्मभित्र झुठो नबोल्नु, सत्यको पक्षमा लाग्नु भनेर उपदेश दिइन्छ तर पश्चिमी सभ्यताको झुठो बोल्ने पर्व पनि पूर्वेली देशमा आएर दिवसको रूपमा मनाउन थाल्छन् भने हामी पश्चिमी दुनियाँको कुन हदसम्म मानसिक रूपमा दासी भइसकेछौँ ? भनेर अन्दाज लगाउन सक्छौँ ।

हाम्रो सनातन धर्मको बौद्ध ग्रन्थ सद्धर्म स्मृति उपस्थान सूत्रमा हामीलाई झुठ नबोल्नु, हरेक झुठो कुराले खराब कुराहरू उत्पन्न हुन्छ र जन्म मृत्युको भवचक्रमा निरन्तर फस्दै जान्छ भनेर चेतावनी दिइन्छ भने हाम्रो श्रीमद्भागवत भा भनिएको छ, ‘सत्यं ब्रुयात् प्रियं ब्रुयात्, न ब्रुयात् सत्यम् अप्रियम् । प्रियं च नानृतम् ब्रुयात्, एष धर्मः सनातनः ।। सत्य बोल्नुपर्छ, प्रिय बोल्नुपर्छ,, सत्य किन्तु अप्रिय होइन बोल्नुपर्छ । प्रिय किन्तु असत्य होइन बोल्नुपर्छ; यही नै सनातन धर्म हो ।’ सत्यको पक्षमा जस्तोसुकै कठिनाइ आए पनि उभिनुपर्छ भनेर सन्देश दिने हाम्रो सनातन धर्मको अनुयायीका सन्तानहरू हिजो आज ‘अप्रिल फुल’ भन्दै दौडिदै छन् । यहाँभन्दा भद्दा मजाक अर्को के होला ?

नेपालमा पहिलोपटक २०१३ सालमा चौथो विश्व बौद्ध सम्मेलन राजा महेन्द्रद्वारा उद्घाटन गरेर आरम्भ गरेको थियो, सम्मेलनमा सहभागी हुन भारतबाट दुई चर्चित पात्र राहुल सांकृत्यायन र भीमराव अम्बेडकर पनि आएका थिए । सिंहदरबारको ग्यालरी बैठकमा थालनी भएको चौथो विश्व बौद्ध सम्मेलनमा भीमराव अम्बेडकरलाई आयोजक प्रा.मालासेकराले ‘बुद्ध धर्ममा अहिंसाको स्थान’ बारेमा बोल्न प्रस्ताव गरेका थिए, तर उनी ‘बुद्ध र कार्ल माक्र्स’ बारेमा आफ्नो सम्बोधन गरेर फर्केका थिए ।

उक्त सम्मेलनमा विभिन्न देशबाट आएका अतिथिहरूलाई नेपाली कलाकारहरूद्वारा सांस्कृतिक झाँकी देखाउने क्रममा ‘महासत्व’ नाटक प्रदर्सन गरिएको थियो । उपत्यकाभित्र नेवार समुदायद्वारा जात्रा चाडपर्वमा यही ‘महासत्व’ नाटक डबलीमा देखाउने गरिन्थ्यो र यही नाटकलाई पहिलोपटक नेपालमा आयोजना भएको चौथो विश्व बौद्ध सम्मेलनमा नेपाली कलाकारहरूले सार्वजनिक रूपमा प्रदर्शन गरेको थियो ।

काठमाडौंबाट पूर्वतर्फ काभ्रे जिल्लामा बौद्ध धर्मावलम्बीहरूको एउटा प्रसिद्ध नमोबुद्ध तीर्थस्थल छ । त्यसै स्थानसँग जोडिएको मिथकमा आधारित भएर श्री ५ गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा १८७० सालमा जन्मनुभएका श्री ५ राजेन्द्र बिक्रम शाहदेवद्वारा नेवारी भाषामा कारुणिक ढंगले लेखिएको महासत्व नाटकको रचना गर्नुभएको थियो, यही नाटकलाई उक्त सम्मेलनमा देखाउने निधो संस्कृतविद् सत्यमोहन जोशीले गर्नुभएको थियो ।


महासत्व नाटक बारेमा सत्यमोहन जोशी अगाडि लेख्नुहुन्छ, ‘सिकारी दाजुभाइसँग घुम्न निस्केका राजकुमार महासत्वले बाटैमा एउटा सुत्केरी बघिनी भेट्छन् । भोक खप्न नसकेपछि आफ्नै बच्चा खान लागेकी बघिनीलाई राजकुमारले रोक्न खोज्छन्, असाध्यै भोकाएकी बघिनी मान्दिन । यस्तो अवस्थामा दयालु राजकुमार महासत्वमा करुणा उत्पन्न हुन्छ । दाजुहरूसँग मनको इच्छा राख्छन् । सारा प्राणीलाई दुःख दिने बाघको सिकार गर्नुपर्नेमा उल्टो त्यसैलाई बचाउन आफैँलाई समर्पित गर्न खोज्ने भाइको कुरा सुनेर अन्य राजकुमार आक्रोशित हुन्छन् । सम्झाउन खोज्छन् । अनेक उतारचढाव चल्छ । अन्तिममा राजकुमारले आफ्नै साप्रो काटेर बघिनीलाई खुवाउँछन् ।’

श्री ५ राजेन्द्र बिक्रम शाह (मृत्यु वि.सं.१९३८) ले आफ्नो कथामा महासत्व राजकुमारले प्रसूति पीडामा भोकाएको बघिनीलाई बचाउन आफ्नो प्राण आहुति दिँदै गरेको कारुणिक भावनालाई हृदयविदारक ढंगले दर्शाएको यो नाटक हेरेपछि मान्छेहरू भावविह्वल हुने गर्छन् । महासत्व राजकुमारले बघिनीलाई आफ्नै तिघ्राको मासु काटेर खुवाएको मूर्ति बनाएर नमोबुद्धमा राखिएको छ ।

शाहवंशीय राजाहरूद्वारा रचना गरिएका थुप्रै बौद्ध कृतिहरू मध्ये ‘महासत्व’ नाटक पनि एउटा अनुपम उपहार हो । शाहवंशीय राजाहरूले यहाँको माटोसँग जोडिएको हिन्दू बौद्ध धर्म संस्कृति सभ्यताको संरक्षण र प्रवद्र्धनको निमित्त निभाएको भूमिका हेर्दा गौरवशाली अतितको इतिहास देखिन्छ । राजदरबारको यस्तो साँस्कृतिक धार्मिक क्षेत्रमा अविच्छिन्न निरन्तरताको सांस्कृतिक सम्बन्धमा क्रम भंग २००७ सालपछि भएको देखिन्छ । नेपालको राजप्रासाद र धार्मिक क्षेत्र बीचमा डोरी टुटेको धेरै भएको छैन । २००७ सालपछि बौद्ध–हिन्दू दुबै धर्मसँग राजदरवारको निरन्तरता टुटेको देखिन्छ ।
जुन कुरा सम्बन्धित हकवालालाई सामुन्ने नै किन कसरी कहिलेदेखि राजपरिवारको सम्बन्ध धार्मिक सांस्कृतिक जगतसँग सम्बन्धविच्छेद हुँदै गएको हो भनेर बेलिबिस्तार लगाएर अवगत गराईसकेको छु । बाँकी टुटेको छुटेको यस्तो अनुपम सांस्कृतिक सम्बन्धहरूलाई पुनः जोड्ने नजोड्ने यो हाम्रो बसको कुरा भएन, हामी त भन्ने सुनाउनेसम्म हौँ ।

सांस्कृतिक मिश्रणका कुरा गर्ने नेपाल भूमिमा अब जन्मलान् नजन्मिएलान् यसै भन्न सकिने अवस्था रहेन । अझै पनि फागु, फाउ, होरी, होली मनाउँदा गण्डक, बागमती र मिथिला सभ्यताको बडो मिलन छ । त्यो जमानामा यस्ता कुरा सम्भव भएको देख्दा आश्चर्य लाग्छ । थाक खोला, नेपाल मण्डल र मिथिलाको मिश्रण निकै गजबको छ । यस्ता कुरा न गण्डक क्षेत्रले खोज्छ न त काठमाडौंले खोज्छ न मिथिलाले खोज्छ । न त्यता जन्मिएका विद्वान्हरूले खोज्छन् । बरु तथाकथित विद्वान्हरू फुटाउन खोज्छन् । भोटे, धोती, टोपी भनेर लडाउँछन् । तीन वटै क्षेत्रका बासिन्दा त्यसकै तालमा नाच्छौँ ।

त्यसरी समाज ध्वस्त पार्नेलाई विद्वान भन्दै हामी पुज्छौँ । यो भूमिले पुज्छ । नेपालमा दुई ठाउँ छन्, कञ्चनवन र वसन्तपुर । एउटा नेवाः सभ्यताको केन्द्रविन्दु वसन्तपुर दरबार र अर्को मिथिला केन्द्रकै कञ्चनवन । जुन दिन माध्यमिक परिक्रमाको मध्य भागमा महोत्तरीको कञ्चनवनमा होली मनाइन्छ, त्यही दिन काठमाडौंको वसन्तपुरमा लिंगो ठड्याइन्छ । परम्परादेखि यस्तो प्रचलन छ । यता थाक खोलाको थकालीहरूले पनि यही फागुन महिनाको पूर्णिमाका बेला अर्को ठूलो पर्व तोरनल्ह पर्व मान्दछन् । फागुपूर्णेको दिनबाट विविध परम्परागत सांस्कृतिक कार्यक्रमसहित मार्फाका थकालीहरू यो पर्व ६ दिनसम्म मनाउँदछन् । पर्व समापन अन्तिम दिनको रातामा (माङधिची गर्ने) मार्फागाउँमा भूतप्रेत धपाउने चलन हालसम्म छ । दुई वटा खाली माटोको हाँडीभित्र मकै, सिमी, सुकेको सागपातबाट निर्मित धोक ग्रहको रूपमा राखिन्छ ।

अन्दाजी ६ देखि ७ फिटसम्म सल्लाको काठबाट तयार पारिएको दियालो चोयाले बाँधी त्यसमा आगो प्रज्वलन गराउँदछन् । मार्फाको गाउँको कोटघरको मूल खम्बामा बाँधी गीत गाउँदै भेला भएका महिला पुरुष दुवै ठूलो स्वरमा ‘छे तो माया फोलो से, छे छ्यतो माया हमोलो से । सोम्चयू स्याङसूम हल्य हयूल्लो छचेतो । माया हमोलो हसे ये हो हो । हो मांङ चाली हो हो हो माङचाली हो हो’ भन्दै गाउँछन् । दमाईले दमाहा बजाउँदै मार्फा गाउँको बीच भागमा ल्याई पुराउँछन् ।

दुवै माङ अर्थात् ग्रहलाई बोक्ने धावकहरूले गाउँको दुई विपरीत दिशातिर पु¥याउने गर्दछन् । उक्त दुवै माङ ग्रहको प्रतीकलाई मार्फा गाउँको अन्तिम भागसम्म पु¥याई समापन गराउने चलन छ । यसरी तेरमी पर्व सम्पन्न भएको थोरै दिनमा मार्फा गाउँका लामाहरूबाट हिम बौद्धग्रन्थ पढाइन्छन् । त्यसपछि खेतीपाती गोडमेलको काम शुभारम्भ पनि हुन्छ । यसरी यस गाउँका थकालीहरू विधिवत् तेरमी पर्व समापन भएको धारणा राख्दछन् ।
कसैले यस्ता सांस्कृतिक मिश्रणका कुरा गर्छ भने त्यसलाई अतिवादी, कट्टरवादी, ढोङी भन्ने आरोप लगाउनसमेत पछि नपर्नेहरूको जमात नेपालमा छ । यस्ता सभ्यतालाई तोड्ने फोड्ने कुरा गर्छ भने त्यसलाई विद्वान् र महान भन्दै सम्मान गरिन्छ ।

प्रतिक्रिया