विद्यार्थी भर्ना अभियान सशक्त बनाउन अन्तरक्रिया

बझाङ । बझाङ जिल्लामा विद्यार्थी भर्ना अभियानलाई सशक्त बनाउन सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहीबार सामाजिक विकास कार्यालयको सभाहलमा जिल्लाका सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गरिए हो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास कार्याल बझाङका प्रमुख प्रयागराज जोशीले आफूले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी र सशक्त बनाउन जिल्लाका सम्पूूर्ण विद्यालय, स्थानीय तहलगायतलाई समेत पत्राचार पनि गरिसकेको र वैशाख महिनाभर खोजी गर्ने तथा विद्यालय नजानुका कारण के–के हो पत्ता लगाउने, आर्थिक अवस्थाका कारणले हो भने लुगाफाटोलगायत शैक्षिक सामग्री दिने स्थानीय तहलाई अपनत्व लिन लगाउने बताए ।

प्रमुख जोशीले अभियानका क्रममा यदि कहीँ कतै छुटेका छन् भने जिल्लामा रहेका सञ्चार माध्यम, मिडिया हाउस र पत्रकारले कार्यालयको सम्पर्कमा ल्याए प्रोत्साहन स्वरुप सम्मान पनि दिने बताए । त्यस्तै पत्रकार रमेश केसीले आफ्नो संस्था प्रगतिशील युवा समाजले जिल्लाका अधिकांश पालिकामा अपांगमैत्री भवन, सौचालय, शनिबारिय रुपान्तरण पाठशाला कक्षा पनि सञ्चालन गरेको हुदा जिल्लाका बालबालिकाहरुको भर्ना अभियानलाई सहयोग साझेदार गर्न पनि तयार रहेको बताए ।

त्यसैगरी जयपृथ्वी नगरपालिका शिक्षा संयोजक निरज प्रसाद रेग्मीले विद्यार्थीहरुलाई शिक्षा दिनु सबैको दायित्व भएकाले सबै लाग्नुपर्ने, उमेर पुगेको छ भने काउन्सिल गर्नुपर्ने जिल्लामा विद्यार्थी टिकिरहने दर कम भएकाले यसलाई बढाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले वादी समुदाय, सडक बालबालिका, बाहिरबाट बझाङ जिल्लामा काम गर्न आएकाहरुलाई बढी जोड दिनुपर्ने र घरदैलो कार्यक्रममा जाँदा छुटेकाा ६ देखि १४ वर्षसम्मका बालबालिकाहरुलाई सहभागी गराउन विशेष जोड दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया