नेपालगञ्ज कारागारका एक जना कैदीको मृत्यु

बाँके । नेपालगञ्ज कारागारका एक जना वृद्ध थुनुवा (कैदी) को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजंग शाहले बताए ।

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएको कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।

प्रतिक्रिया