इन्टरनेट कम्पनीले राजस्व बुझाएको इस्पानको दाबी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (इस्पान)ले सेवा प्रदायकले नियमानुसारकोे कर राजस्व सरकारलाई तिर्दै आएको बताएको छ । पछिल्लो समय इन्टरनेट सेवा प्रदायकबाट कर नतिरेको भन्दै प्रकाशित प्रसारित समाचारहरूको खण्डन गर्दै इस्पानले ध्यानाकर्षण गरेको हो । ‘ग्राहकबाट लिइएको शुल्कको ग्रामीण दूरसञ्चार विकास कोष तथा राजस्व इन्टरनेट सेवा प्रदायकहरूले नियमबमोजिम नेपाल सरकारलाई तिर्दै बुझाउँदै आएका छन्’, इस्पानका अध्यक्ष सुधीर पराजुलीले भने ।

उनले गैरदूरसञ्चार सेवा सपोर्ट एवं मर्मतको हकमा कुनै पनि सेवा प्रदायकले आरटिडीएफ तथा रोयल्टी प्रयोजनमा शुल्क नलिएको दाबी गरे । इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई जारी गरेको वीजकमा उक्त शीर्षकमा आरटिडीएफ, रोयल्टी नलाग्ने भएकाले सेवा प्रदायकले आफ्नो लागत मूल्यमा सो शुल्कलाई नराखेको उनको भनाइ छ ।

प्रतिक्रिया