बझाङका चार व्यवसायीलाई कुखुराको चल्ला हस्तान्तरण

बझाङ । बझाङको केदारस्यु गाँउपालिकाका चार जनालाई कुखुराको चल्लालगायत आवश्यक पर्ने सामान वितरण गरिएको छ ।

वल्र्ड भिजन इन्टरनेसनल नेपाल र दलित सहयोग समाजको सहकार्यमा केदारस्यु गाँउपालिकामा पश्चिम नेपाल भूकम्प प्रतिकार्य परियोजनाअन्तर्गत पालिकाका चार जना कुखुरा व्यवसायीहरुलाई जिविकोपार्जन गर्न सहज होस् भन्ने उदेश्यले प्रतिव्यक्ति करिब ४० हजार बराबरको कुखुराको चल्ला, दाना, औषधिलगायतका सामानहरु वितरण गरिएको दलित सहयोग समाजका फिल्ड अफिसर रमेश मालीले बताए ।

मालीले वडा कार्यालको सिफारिस भएर आएअनुसार छनोट भएको र यसले व्यवसायीहरुलाई केही राहत मिल्ने बताए । उनले पहिलादेखि नै आफूले गाउँघरमा कृषि पेसा सँगसँगै कुखुरा पाल्ने गरेको स्थानीय व्यवसायी रमेश विष्टले बताए ।

दलित सहयोग समाज र वल्र्डभिजनले कुखुरालगायत सरसामान दिएकोमा केही राहत मिलेको विष्टले बताए । पहिलादेखि कुखुरा पाल्दै गरेको र घरको ऋण लागेर श्रीमान रोजगनरीको लागि भारत गएको सुनाउँदै स्थानीय व्यवसायी धनलक्ष्मी बोहराले वडा कार्यालयले आफूलाई छनोट गरी ४० हजार बराबरको कुखुरा र धेरै सरसामान दिएकोमा खुसी भएको बताइन् ।

प्रतिक्रिया