प्रगतिशिल युवा समाजको वार्षिकोत्सवमा रक्तदान र फलफूल वितरण

बझाङ । प्रगतिशिल युवा समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा बिरामीहरुलाई फलफूल वितरण र रक्तदान कार्यक्रम गरेको छ । सोमबार एक कार्यक्रमबीच संस्था स्थापना भएको २१औँ वार्षिकोत्सवको अवसरमा जिल्ला अस्पताल बझाङमा रहेका बिरामीहरुलाई फलफूल वितरण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको प्रगतिशिल युवा समाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले जानकारी दिए ।

कार्यक्रम व्यावस्थापक जोशीले भने हाम्रो सस्थामा विभिन्न परियोजनाका विभिन्न फाँटमा कार्यालय सहायकदेखि फिल्ड स्तरसम्म काम गर्ने करीब ५७ जनाभन्दा बढी स्टाफहरु विभिन्न ठाँउमा कार्यरत रहेको र स्टाफहरुकै सल्लाह–सुझाव अनुसार आफ्नो वार्षिकोत्सव मनाउन सबैभन्दा राम्रो हुने भएकाले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रमसँगै रक्तदानको आयोजना गरेको बताए ।

बझाङ जिल्लामा सामाजिक क्षेत्रमा सबैभन्दा अगाडि रहने चिरपरिचित गैरनाफामूलक संस्था प्रगतिशिल युवा समाजको आज खुशीको दिनमा आफ्नो टिमले सधैँभरी रगतको अभाव हुने ठाँउ जिल्ला अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको र आगामी दिनहरुमा पनि यदी कसैलाई रगत आवश्यक भएमा रगतको परिक्षण र ग्रुपिङ पनि गराइराखेको प्रगतिशिल युवा समाजका सहसचिव प्रविन्द्र धामीले बताए ।

सो रक्तदान जीवनदान भन्ने मुल नाराका साथ सोमबार वार्षिकोत्सवको अवसरमा १५ जनाले रगत दिएको र आगामी दिनहरुमा पनि समाज रुपान्तरणमा गर्न संस्थाका विभिन्न परियोजन मार्फत काम गर्दै बझाङवासीहरुको मुल मर्म तथा भावना अनुसार अगाडि बढेर काम गर्ने सो समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

प्रतिक्रिया