प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा विज्ञापन नं.७/८०/८१ प्राथमिक तह, द्वितीय श्रेणीको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको हो ।

आयोगले यहि चैत १३ र १४ गते सञ्चाल नभएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कका आधारमा सम्बन्धित जिल्लाहरूमा नियुक्ति सिफारिसका लागि आयोगको यहि चैत १७ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको जनाएको छ । अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटमा गएर नतिजा प्रकाशित भएको मितिबाट ७ दिनसम्म हेर्न पाउने आयोगले जनाएको छ ।

प्रतिक्रिया