महोत्तरीमा एसइईका परीक्षार्थीदेखि निरीक्षकसमेत कारबाहीमा

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी एसइई परीक्षामा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा गरेको अनुगमनका क्रममा परीक्षार्थीसहित निरीक्षकसमेत कारबाहीमा परेका छन् ।

अमर्यादित कृयाकलाप गरेको भन्दै मावि खखना परीक्षा केन्द्रमा एक विद्यार्थीको नेपाली विषयको परीक्षा रद्द गरिएको छ । सोही केन्द्रबाट एक निरीक्षक निष्कासनमा परेका छन् ।

थप परीक्षा केन्द्रहरूबाट तीन जना निरीक्षकलाई अर्को परीक्षामा बस्न नपाउने गरी हटाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । मर्यादित परीक्षा आवश्यक रहेको भन्दै उनले अमर्यादित कृयाकलाप गर्ने परीक्षार्थी वा निरीक्षक जो भए पनि कारबाहीको दायरामा ल्याउन पछि नहट्ने बताए ।

प्रजिअ गेलालका अनुसार पहिलो दिनको परीक्षामा सात थान र दोस्रो दिनको परीक्षामा ३४ थान गरी परीक्षार्थीहरूबाट हालसम्म कुल ४१ थान मोबाइल जफत गरिएको छ ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया