आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाली ब्याटर लोकेश बमले बनाए शतक

काठमाडौं । काठमाडौंमा जारी टी– २० सिरिजअन्तर्गत आयरल्याण्ड ‘ए’ उल्भ्सविरुद्धको पहिलो खेलमा नेपाली ब्याटर लोकेश बमले शतक हानेका छन् । उनले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन् । नेपालले अहिले जितका लागि २२३ रनको लक्ष्य पछ्याइरहेको छ ।

नेपाली टोलीबाट ओपनिङमा आएका लोकेशले विस्फोटक ब्याटिङ गर्दै ५२ बलमा १०१ रन बनाउन सफल भएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्याण्ड टोलीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२२ रन बनाएको थियो ।

त्यसलाई पछ्याउने क्रममा ओपनर बमले शानदार ब्याटिङ गरेर शतक बनाएका हुन् । लोकेशलाई पाँचौँ क्रममा आएका आरिफ शेखले गतिलो साथ दिए । अहिले बम आउट भएका छन् । ५६ बलमा १०६ रन बनाएर उनी आउट भएका हुन् ।

प्रतिक्रिया