गरुडाको पसलमा आगलागी हुँदा करोड मूल्यको क्षति

रौतहट । रौतहटको गरुडामा सोमबार राति आगलागी हुँदा ६ कराेड मूल्य बराबरको क्षति भएको छ । होली पर्व मनाउनको लागि पुर्खौली घर गएको बेला राति भएको आगलगीबाट पसलमा रहेको सामान जलेर नष्ट भएको पीडित परिवारको भनाई छ ।

स्थानीय गरुडा नगरपालिका–४ मा रहेको कुशवाहा इन्टरप्राइजेजमा राति आगो लाग्दा पसलमा रहेको गाडीको स्पेयर पार्ट्स, मोटरसाइकल, जीप, कारको सामानहरु जलेर करिब ६ करोड बराबर मूल्यको क्षति भएको प्रोप्राइटर दिलिप कुशवाहाले दाबी गरेका छन् ।

पसल सञ्चालक अनुपस्थित हुँदाको समयमा भएको आगलागीको कारण खुल्न सकेको छैन । स्थानीयका अनुसार चारतले घरमा आगलागी हुँदा स्थानीय प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।उक्त घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया