कटहरिया सुनचाँदी व्यवसायी नगरसंघद्वारा होलीको शुभकामना आदानप्रदान

रौतहट । होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएको छ । गत शुक्रबार २०८० सालको होली तथा फागुपूर्णिमाको शुभ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । रौतहटको कटहरिया बजारमा कटहरिया सुनचाँदी व्यवसायी नगरसंघको होली शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

। सुनचाँदी व्यवसायी संघ मधेस प्रदेशका नव निर्वाचित सभापति रामजी साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जयमंगल साहले गरेका थिए । सुनचाँदी व्यवसायी नगरसंघको आयोजनामा शुक्रबार होली पर्वको शुभ अवसरमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सोनार समाजका जिल्ला अध्यक्ष कामेश्वर साह,मालपोत कार्यालय मौलापुरका कार्यालय प्रमुख बबुनन्दन साह,वडा प्रत्यासी राजनारायण साह, पूर्ववडा अध्यक्ष सियाराम साह, कटहरिया नगरपालिकाका पूर्व कार्यपालिका सदस्य रामप्रवेश साह, प्रधानाध्यापक जयकिशोर साह लगायत सुनचाँदी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित अध्यक्ष साहलाई अबिर लगाई दोसल्ला र गम्छाले सम्मान समेत गरिएको थियो । साथै सहभागीहरूलाई पनि अबिर, स्थानीय गम्छालगायतले सम्मान गरे । कार्यक्रममा सहभागिहरूले सुनचाँदी व्यवसायी भएको गुटउपगुटलाई तोडेर एउटा सूत्रमा डोर्याएर लैजानुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि साहले सम्पूर्ण व्यवसायी सुनचाँदी व्यवसायमा शुद्धता ल्याउन आग्रह समेत गरेका थिए । सुनचाँदी खरिद गर्दा बिल बिजक अनिवार्य रूपमा लेनदेन गरेर मात्र कारोबार गर्न सुझाव दिए । उनले यस्तो नगरेका कारण बिगतमा कयौँ व्यापारीहरूलाई दुःख भोग्नुपरेको स्मरण गराए । सहभागी सबै जनाले एकआपसमा होलीको रङ लगाएर शुभकामना आदानप्रदान समेत गरेका थिए ।

प्रतिक्रिया