चट्याङ लागेर बझाङमा एकको मृत्यु, सात जना घाइते

बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका– ६ नौरामा शुक्रबार राति साढे ९ बजेको समयमा घरमा चट्याङ लाग्दा एकै परिवारका एक जनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्रबहादुर सिंह रहेका छन् भने घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्र बहदुरसिंह, उनकी श्रीमती वर्ष २५ की निशा सिंह, छोरी १८ महिनाकी कृतिका सिंह रहेका छन् ।

यस्तै सोही ठाउँका धनबहादुर सिंहकी श्रीमती ४० वर्षिया पञ्चादेवी सिंह, उनको छारा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् । घाइते सबैको हात खुट्टाहरुमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चौधरीले बताए । घाइतेहरुको उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया