निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पर्सा । सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर शुक्रबार पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वाटर पर्साले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर भिस्वामा रहेको छोटी भन्सारको प्रांगणमा सिमा बिकास कार्यक्रमअन्तर्गत सिमाबासीहरूसँग सशस्त्र प्रहरीको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर राखिएको हो ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन प्रमुखअतिथि रहेका सीमा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत पौडेलले एक कार्यक्रमकाबीच पानसमा दीप बालेर उद्घाटन गरेका थिए ।

अहिलेको आधुनिक सिद्धान्तमा सुरक्षा निकाय मेजरपार्टस्हरूलाई सुरक्षा कसरी अगाडि बढने अनि सुरक्षाचाहिँ सबै प्रभावकारी हुने बताए । स्थानीय जनसमुदायहरूको सहकार्यबिना कुनै पनि सुरक्षा र विकासको कामहरू सम्भव हुन सक्दैन । हामीले आत्मसाथ गर्दै हाम्रो प्रमुख मेन्डेडको रूपमा रहेको सीमा सुरक्षाको कार्यमा हामी जुन ढंगमा हामीले अहिलेसम्म सीमासुरक्षाको काममा एउटा प्रहरीको रूपमा हेर्ने दृष्टकोणलाई अब हामीहरू नागरिकहरूको सम्बन्धलाई प्रगाढ बनाउन यस्ता कार्यक्रम लिएर जनतासामु आउने बताए ।

निःशुल्क स्वास्थ्य शिविरमा प्राविधिक सहयोग प्रभु हस्पिटल वीरगन्ज र वीरगन्ज सामुदायिक आँखा अस्पतालको टिमलाई धन्यवादसमेत दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २ प्रमुख छिन्नमस बाहिनी मुख्यालय महोत्तरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र साह, छिपहरमाई गाउँपालिकाको उपाध्यक्ष लिलावती देवी, वडाअध्यक्ष मौजीलाल साह कानु, वडाअध्यक्ष दीपेन्द्र सिंह, महेन्द्र साह कलवार, कामेश्वर यादव, नेता किशोरी साह कानु, सुबास साह, गनेश जयसवाल, सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका गुल्मपति एसपी रामकृष्ण कर्मचार्य, सशस्त्र प्रहरी बल नेपालका बारा गुल्मपती एसपी संतोष सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, प्रेम बहादुर कठायत, प्रभु हस्पिटल वीरगन्जका सञ्चालिका डाक्टर लक्ष्मी थापा गुप्ता, एमडी दिलीप कार्की, वीरगन्ज सामुदायिक आँखा अस्पतालका डाक्टर प्रेम सिंह, लगायतको सहभागिता रहेको थियो । निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ३ जना बिरामीहरूलाई चेकजाँच गरी निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया