मधेसी आयोगद्वारा होली महोत्सव आयोजना

जनकपुरधाम । मधेसी आयोगले एक विशेष कार्यक्रम आयोजना गरी होली उत्सव कार्यक्रम मनाएको छ । विभिन्न संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवाहरूको उपस्थितिमा भएको सो कार्यक्रममा तराई–मधेसमा होलीमा गाइने सांस्कृतिक गीत तथा नृत्यको प्रस्तुति गरिएको थियो ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले हरेक वर्षझैँ यस वर्ष पनि तराई–मधेससहित सिंगो नेपालकै महत्वपूर्ण पर्व मानिने होलीलाई आयोगले प्राथमिकतामा राखी सांस्कृतिक रूपमा कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ मनाइएको बताएका छन् ।
अध्यक्ष डा.दत्तले काठमाडौंमा तराई–मधेसको संस्कृति झल्किने गरी सो कार्यक्रम हरेक वर्ष झैँ यस वर्ष पनि आयोजना गरिएको जानकारी दिएका छन् । अध्यक्ष डा.दत्तले मधेसी आयोगको अधिकारहरू मध्ये मधेसको संस्कृति र चाडपर्वको संरक्षण, सम्बर्धन तथा सशक्तीकरण एक महत्वपूर्ण दायित्व रहेको सो दायित्वलाई निर्वाह गर्न आयोगले यस्ता कार्यक्रमहरूको आयोजना विगतको दिनमा समेत गरिरहेको र आगामी दिनमा समेत गरिने जानकारी दिएका छन् ।

सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देव विश्वकर्मा, समावेशी आयोगका अध्यक्ष तथा सदस्य, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर मधेसी आयोगका सदस्यहरू. लोकसेवा आयोगका पूर्वसदस्य अशोक झा, आयोगका पूर्व सचिवहरूसहित करिब तीन दर्जनभन्दा बढीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया