होलीको अवसरमा ४७औँ कोर एससीबी रक्सौल (बिहार) द्वारा रक्तदान

वीरगञ्ज । होलीको अवसरमा एसएसबी रक्सौल (बिहार) को ४७औँ कोरमा कोर अस्पतालले रक्तदान शिविरको आयोजना गरेको छ ।

४७औँ कोरका डेपुटी कमाण्डेन्ट दीपक कृष्णको प्रेरणामा ‘सेवा, सुरक्षा र भ्रातृत्व’ भन्ने मूल नारालाई केन्द्रमा राखेर असहायलाई निस्वार्थ सेवा उपलब्ध गराउने उद्देश्यले इन्डियन रेडक्रस, मोतिहारीसँगको सहकार्यमा उक्त रक्तदान शिविरको आयोजना गरिएको थियो ।

सो शिविरमा कोरका कार्यवाहक कमाण्डेन्ट दीपक कृष्णसहित दुई मातहतका अधिकृत र २७ जना सैनिकहरुले जम्मा ३० युनिट रक्तदान गरेका थिए । त्यसैगरी सशस्त्र सीमा बलको ४७औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गरी सीमा क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छ ।

शिविरमा रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक आमोद कुमार र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो ।

यस क्रममा वाहिनीका चिकित्सक डा. श्रीराज एमजे (एसीएमओ), डा. प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट अगाले प्रियदर्शन अरुण, डेपुटी कमाण्डेन्ट टीएच बसन्त सिंह, इन्स्पेक्टर मनोज कुमार शर्मा (एएचटीयू) र अन्य धेरै मातहतका अधिकारीहरू थिए । कार्यक्रमलाई सकारात्मक रुपमा सफल बनाउन सैनिक तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया