लालबन्दी । सर्लाहीको हरिपुरमा प्रशीक्षकका लागि प्रशीक्षण तालिम सम्पन्न भएको छ । बाल्यकालदेखि नै वित्तिय अनुशासनको विकास गर्दै बाल क्लबका माध्यमबाट बालबालिकामा बचतको संस्कृति विकास गराउने उदेश्यले आयोजना गरिएको तालिमको बिहीबार समापन गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा सञ्चालित समुन्नती परियोजनाले प्रशीक्षकका लागि ५ दिने प्रशीक्षण तालिम आयोजना गरेको थियो । उक्त तालिममा हरिपुर नगरपालिकाका ९ वटै वडाका एक वडा एक प्रशिक्षक रहने गरी वित्तीय साक्षरताका लागि सहजकर्ता (प्रक्षीक्षकी तयार गरिएको समुन्नती परियोजनाकी कार्यक्रम अधिकृत सुजाता शर्माले जानकारी दिइन् ।
९ जना प्रशीीक्षक तयार गर्दै सम्पन्न कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण सेभ द चिल्ड्रेनका बाल संरक्षण शाखाकी प्रशीक्षक कान्ती खड्का र दिगो जिविकोपार्जनकी प्रशिक्षक नविनराज ज्ञवालीले गरेको परियोजना संयोजक दिपक भण्डारीले बताए ।
तालिममा संस्थाका उपाध्यक्ष विष्णु चालिसेले सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले बालविवाह न्यूनीकरण, बालबालिकाको सर्वाङ्गिण विकास, स्वास्थ्य, शिक्षा, पोषण, कृषि आदि क्षेत्रमा कार्य गर्दै आएको बताएका थिए ।
उनले तालिमले हरिपुर नगरका १४ देखि १८ वर्ष उमेर समूहका किशोर–किशोरीलाई बचत गर्ने बानीको विकाससँगै आर्थिक विकास र जीवन समुन्नतिमा टेवा पुर्याउने विश्वास ब्यक्त गरे । तालिम ग्रामीण नारी उत्थान संघको सभाहलमा सम्पन्न भएको हो ।
सर्लाही
प्रतिक्रिया