मेरो हस्ताक्षर किर्ते हो : नगरप्रमुख थापा

अर्घाखाँची । भूमिकास्थान नगरपालिका–९ ढिकुरामा चुनढुंगा खानी उत्खननका सन्दर्भमा भूमिकास्थान नगरपालिकाले चुनढुंगा उत्खननका लागि विजय सिमेन्ट प्रालिका नाममा खानी तथा भूगर्भ विभाग लैनचौर, काठमाडौंबाट उपलब्ध गराएको भनी नगरपालिकाबाट सिफारिस भएको पत्र किर्ते भएको नगरप्रमुख झबिलाल थापाले बताए । आइतबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख थापाले यस्तो बताएका हुन् । भूमिकास्थान नगरपालिका–९ सानोडेभा भन्ने स्थानमा चुनढुंगा उत्खनन्का लागि विजया सिमेन्ट प्राली कृष्णनगर नगरपालिका–२ कपिलबस्तुुलाई चुनढुंगा उत्खनन् कार्यका लागि प्रालिले भूगर्भ विभागले अनुमति पत्र दिएपछि वडा र नगपालिकाको सिफारिसका किर्ते भएको धारणा बाहिर आएको हो ।

नगरपालिकाको लेटरप्याड र सामान्य भाषासमेत अशुद्ध रहेको सिंगो नगरलाई नै बद्नाम गर्ने गरी खानी तथा भूगर्भ विभागलाई उत्खनन् कार्यका लागि २०८० मंसिर ५ गतेको नगरपालिकाको नाममा गरिएको सिफारिस पत्र र पूर्णरूपमा किर्ते भएको भन्दै सोही दिन ५८५ नं. को चलानी पत्र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, सन्धिखर्क अर्घाखाँचीलाई लेखिएको प्रमाण अहिले पनि चलानी किताबमा प्रष्ट रहेका प्रमुख थापाले बताए ।

थापाले भने, ‘उत्खनन कार्यका लागि अनुमति पत्र जारी भएको जानकारी भए पश्चात गत चैत १ गते नै विभागलाई खानी बन्द गरिदिनु हुन भनी पत्र पठाएका छौँ, म चुनढुंगा उत्खनन्को विषयमा सुरुदेखि नै खोल्नु हँुदैन भन्दै आएको छु, मेरो कुरा एउटै छ, जहाँ गए पनि जति बेला बोले पनि । पर्यावरण, खानेपानी तथा मानवीय जीवनमा समेत प्रत्यक्ष असर पुग्ने गरी गर्नु हँुदैन, हामीहरूले नगर कार्यपालिकाबाटसमेत पटकपटक सञ्चालन गर्न नसकिने निर्णय गरेका छौँ । यसरी यो हदसम्म किर्ते काम गर्ने जो कोहीलाई पनि हामी छोड्दैनौँ । कानुनी प्रक्रियामा जान्छौँ । त्यसका लागि अहिले प्रारम्भिक अनुसन्धान गरिरहेका छौँ । विभिन्न व्यक्तिहरूबाट सामाजिक सञ्जालमा पत्रका सन्दर्भमा नगरले नै गरेको हो कि भन्ने विषय पूर्ण रूपमा गलत हो, हाम्रो यो सवालमा नगरको टिम ढुक्क छौँ ।’

स्थानीय जनता र नगरवासीसँग धेरै पटक ठाउँठाउँमा विभिन्न खालका प्रतिक्रिया लिँदा कुनै हालतमा खोल्नुु हँुदैन भन्ने आमजनताको धारण आएपछि हामीहरूले नखोल्ने कार्यपालिकाबाटै निर्णय गरेको नगर उपप्रमुख बालकृष्ण बन्जाडेले बताए । नगर कार्यपालिकाको निर्णयबाट पटकपटक नखोल्ले निर्णय गरिकोले उक्त निर्णय कार्यान्वयन गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आर्चायले बताए ।

उत्खननसँग सम्बन्धित सार्वजनिक सुनुवाइमा आफू गएको र सोही दिनको कार्यक्रममा आफूले हस्ताक्षर गरेको सोही वडाका वडा अध्यक्ष खेमराज चुदालीले बताए । उता सिमेन्ट कम्पनीले भने यो विषयमा धारणा लिन खोज्दा सम्पर्कमा आउन नखोजेको स्रोतका अनुुसार केही दिनमा खानी विभागलाई नै स्पष्टीकरण दिने तयार भएको बुझिन आएको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया