वीरगञ्ज । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– १६ दुर्गाहल पछाडीको गल्ली सडकखण्डबाट पक्राउ गरेको हो ।
शंकास्पदरूपमा हिँडिरहेका ती व्यक्तिलाई रोकेर खानतलासी गर्दा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका– ६ हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका– १६ बस्ने वर्ष ५० का रामबाबु साह कलवारले बोकेको झोलामा लुकाइछिपाई राखिएको रु १००० दरका नोट ३३५ थान, रु ५०० दरका नोट ६८२ थान गरी जम्मा नेपाली रु ६ लाख ८२ हजार र भारतीय प्रतिबन्धित रु ५०० दरका नोट-५६ थान भारतीय रू २८ हजार र विभिन्न बैंकहरूको चेकबुक जस्तै कृषि विकाश बैंकको चेकबुक २ थान, सानीमा बैंकको चेकबुक ५ थान, माछापुछ्रे बैंकको चेकबुक २ थान, एनआइएमबी बैंकको चेकबुक २ थान, मुक्तिनाथ विकाश बैंकको चेकबुक २ थान, ग्लोबल बैंकको चेकबुक-३ थान, प्राइम बैंकको चेकबुक २ थान, मेघा बैंकको चेकबुक १ थान गरी जम्मा १९ थान र वनप्लस माेबाइल १, रेडमी माेबाइल १ थान समेत फेला परेको हुँदा पक्लिराउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका रामबाबु साह कलवारलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया