रामगोपालपुर नगरपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रामगोपालपुर नगरपालिका– ३ दोलाठीमा शनिबार बेलुका ८ः१० बजेको समयमा सवारी साधनको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार जलेश्वर–बर्दिबास सडकमा नम्बर नखुलेको चार पांग्रे सवारीले प्र २–०२–००३ प २३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो सवारीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनामध्ये रामगोपालपुर– ८ बिर्ता निवासी अमित कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलमा पछाडि सवार बिर्ताकै अजय मण्डल घाइते भएका छन् । घाइते मण्डलको धनुषाको जनकपुरस्थित काव्या हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनापश्चात् फरार रहेका सवारी साधनसहित चालकको खोजी भइरहेको र दुर्घटनामा मृतक मण्डलको शवलाई पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया