नेशनल मेडिकल कलेजको निःशुल्क दन्त शिविर

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जको आयोजनामा बाराको तेलकुवामा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । बाराको महा गढीमाई नगरपालिका– ७ स्थित तेलकुवामा आयोजना गरिएको दन्त शिविरमा स्थानीय २ सय ९ जना लाभान्वित भएका छन् ।

दन्त शिविरमा महिला पुरुष तथा बालबालिका गरी २०९ जनाले दन्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिएको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए । उक्त शिविरमा आएकामध्ये दन्तमा समान्य समस्या भएकालाई तत्काल उपचार गरिनुको साथै औषधि समेत वितरण गरिएको र २८ जनाको दन्त नै निकाल्नु परेको उनले जानकारी दिए ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष शिबेन्द्र प्रताप सिंह, विशिष्ट अथितिमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जका प्रवक्ता सेराज अहमद लगायतको उपस्थिति रहेको थियो ।

दन्त शिविरमा डाक्टरहरु अविनाश सिंह, हरेन्द्र मोहन सिंह, राजेश साह, डाक्टर सुर्बी मिश्रा र सिमा यादव लगायतले सेवा दिएका थिए ।

प्रतिक्रिया