विकसित जिल्ला बन्छ बाराः स्वास्थ्यमन्त्री यादव

बारा । बारा आउने दिनमा सबै भन्दा बढी बिकसित जिल्ला हुने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताएका छन् ।

बाराको महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुरमा आयोजित श्री श्री १००८ लव कुश कुशकुण्डिका महायज्ञको प्राण प्रतिष्ठा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री यादवले बारा जिल्ला बिकासको गन्तब्य बोकेको जिल्ला भएकोले यहाँ बिकास हुने सम्भावना बढी रहेकाले आइटी विश्वबिद्यालयदेखि निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल जस्ता बिकासको कामको सुरुवात भइसकेको बताए ।

उनले भने, ‘हामीले बारा जिल्लाका बिद्यार्थी लगाएत मधेश प्रदेशका बिद्यार्थीलाई भारत पढन जाने बाध्यताबाट सहज बनाउनका लागि बारा जिल्लामै आइटी इञ्जिनियरिङ विश्वबिद्यालयको निर्माण गर्ने छौं ।’

कार्यक्रममा बोल्दै मन्त्री यादवले आइटी इञ्जिनियरिङ कलेजको लागि जग्गा खोजि भइरहेको र जग्गा फेला पार्ने बित्तिकै निर्माणको प्रक्रिया अगाडी बढाउने समेत बताए । आफु बारा जिल्लाको निर्वाचन क्षेत्र न २ बाट निर्वाचित भएकोले आफ्नो पहिलो लक्ष्यनै बारा जिल्लालाई बिकसित जिल्लाको रुपमा अगाडी बढाउने हो भएएकाले सोहि लक्ष्य अनुसार अबको केहि दिनमा बारा जिल्लामा विकासै बिकासको लहर आउने बताए ।

महागढ़ीमाई नगरपालिका–१० गञ्जभवानीपुरमा श्री भोला माध्यमिक बिद्यालयको स्तरोन्नतिको लागि श्री श्री १००८ लव कुश कुशकुण्डिका महायज्ञको आयोजना गरिएको र महायज्ञबाट संकलन हुने सम्पूर्ण सहयोग बिद्यालयलाई हस्तान्तरण गरिने महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले उद्घाटन कार्यक्रममा बताए ।

नगर प्रमुख यादवले महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदामा सूचीमा समावेश गर्नको लागि पहल गर्न उपप्रधानमन्त्री यादवसंग आग्रह समेत गरे ।

चैत १ गतेबाट सुरु भएको महायज्ञ चैत १० गतेसम्म चल्ने छ । उद्घाटन समारोहकै अवसरमा महायज्ञको लागि सहयोग गरेका सहयोगीहरुलाई उपप्रधानमन्त्री यादवले सम्मान गरेका थिए ।

महागढीमाई नगरपालिका–१० का वडाध्यक्ष चन्दन कुमार साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य बच्चाराउत अहिर, पूर्व प्रदेश अर्थमन्त्री उषा यादव, जसपाका केन्द्रिय सदस्य बिन्देश्वर राय यादव, करैयामाई गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादव, उपाध्यक्ष सुनैनादेवी चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया