मिटरब्याज पीडितहरुका लागि रास्वपाको स्वास्थ्य शिविर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको स्वास्थ्य सेवा विभागले काठमाडौं केन्द्रीत प्रदर्शनमा रहेका मिटरब्याज पीडितहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज (शुक्रबार) भृकुटीमण्डपमा उनीहरुले प्रदर्शनरत मिटरब्याज पीडितहरुलाई शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गरेका हुन् ।

उक्त शिविरमा रास्वपा नेतृ एवं प्रतिनिधि सभा सदस्य प्रा.डा. चन्दा कार्कीले आफ्ना बाबुआमाको नाममा स्थापित संस्था शिवचन्द्र स्मृति प्रतिष्ठानको औरही, सर्लाहीको नामबाट औषधिहरु र मिटरब्याज पीडितहरुका लागि खाद्यन्न, तरकारीलगायत सहयोग गरेकी थिईन् । त्यसैगरी, पुतलीसडकको भ्याली अस्पतालका स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा प्रदान गरेका थिए । त्यसैगरी, शिविरमा प्रा.डा. कार्की, डा. तोसिमा कार्की, सोविता गौतमलगायतको सहभागिता रहेको थियो ।

मिटरब्याज पीडितहरु २३ दिन पैदल हिँडेर काठमाडौं केन्द्रीत आन्दोलनमा आएका थिए । उनीहरुले लामो समयदेखि सडक संघर्ष गरिरहेका भएपनि सरकारले उनीहरुको माग सम्बोधन गर्न सकेको छैन ।

प्रतिक्रिया